जापान

विश्वकै सबैभन्दा जेष्ठ नागरिकको ११९ बर्षको उमेरमा निधन

विश्वकै सबैभन्दा जेष्ठ नागरिकको ११९ बर्षको उमेरमा निधन भएको छ । जापानका सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार सन् १९०३ मा जन्मिनु भएकी काने ताकानाको मृत्यु भएको हो ।

उहाँ जन्मेको वर्ष राइट दाजुभाइले पहिलो पटक उडान परीक्षण गरेका थिए भने पहिलो महिला नोवेल पुरस्कार विजेताका रुपमा म्यारी क्युरीले नोवेल पुरस्कार प्राप्त गर्नु भएको थियो ।

जापानको दक्षिण पश्चिमी फुकौका क्षेत्रमा उहाँ बस्दै आउनु भएको थियो । उहाँको स्वास्थ्यमा खासै ठूलो समस्या नदेखिएको चिकित्सकहरुले बताउदै आएका थिए । उहाँलाई नर्सिङ होममा राखेर स्वास्थ्य सेवा दिइँदै आइएको थियो ।

नसिङ होममा रहँदाउहाँले बोर्ड गेम्समा रमाउनु हुन्थ्यो भने हिसावका प्रश्नोत्तर लेख्दै बस्नु हुन्थ्यो । त्यसैगरी सोडा र चकलेटहरु खाने गर्नुहुन्थ्यो ।उहाँ बयस्क अवस्थामा रहेका बेला चाउचाउ पसल, केक स्टोर्सलगायतका धेरै व्यापार व्यवसायहरु चलाउनु भएको थियो ।

उहाँले ठिक एक शताब्दी अगाडि सन् १९२२ मा १९ बर्षको उमेरमा हिडेओ तानाकासँग विवाह गर्नु भएको थियो । उहाँले चार सन्तान जन्माउनु भएको थियो ।

खेलकुदमा निकै रुची राख्ने तानाकाले सन् २०२१ मा भएको टोकियो ओलम्पीक खेलकुँद प्रतियोगिता प्रत्यक्ष हेर्न जाने रहर गर्नु भएको थियो । तर कोरोना भाइरसको महामारीका कारण उहाँलाई खेल मैदान लगिएको थिएन ।

विश्वकै सबैभन्दा जेष्ठ नागरिकको रुपमा उहाँको नाम सन् २०१९ मा गिनिज बुकमा लेखिएको थियो । त्यति बेला उहाँले यो नै आफ्नो जीवनको सबैभन्दा बढी खुशीको क्षण भएको बताउनु भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.