क्रिकेटखेल

आईपीएलमा दिल्लीको दोस्रो जित, हैदराबाद सात रनले पराजित  

भारतमा जारी १६ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल) मा दिल्ली क्यापिटल्सले दोस्रो जित निकालेको छ । सोमबार राति भएको खेलमा सनराईजर्स हैदराबादलाई ७ रनले पराजित गर्दै प्रतियोगितामा दिल्लीले दोस्रो जित निकालेको हो ।

आईपीएलमा दिल्लीको दोस्रो जित

जारी प्रतियोगितामा हैदराबादको यो पाँचौं हार हो । हैदराबाद घरेलु मैदान राजिब गान्धी क्रिकेट स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४४ रन बनाएको थियो ।

दिल्लीका लागि मनिष पान्डे र अक्षर पटेललेले समान ३४-३४ रन बनाए भने मिचेल मार्शले २५ रन जोडे । त्यस्तै कप्तान डेभिड वार्नरले २० बलमा २ चौका र १ छक्काको सहयोगमा २१ रन बनाए । हैदराबादका लागि वासिंटन सुन्दरले ३ विकेट लिए भने भुवनेश्वर कुमारले २ विकेट लिँदा टि नटराजनको भागमा १ विकेट रह्यो ।

दिल्लीले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३७ रन मात्र बनायो ।  हैदराबादका लागि मंयक अग्रवालले  ४९ रन बनाए भने हेनरिक केल्सनले १९ बलमा ३ चौका र १ छक्काको सहयोगमा ३१ रन जोडे ।  यस्तै वासिंटन सुन्दरले २४ रनमा अविजित रहँदा राहुल त्रिपाटीले १५ रन बनाए ।

दिल्लीका लागि एनरिच नोर्किया र अक्षर पटेलले समान २-२ विकेट लिए भने ईशान्त शर्मा र कुलदिप यादवको भागमा समान १-१ विकेट रह्यो । जितसँगै दिल्ली ७ खेलमा ४ अंक जोड्दै लिगको पुछारमा कायमै रहेको छ भने समान खेलमा ४ अंक नै जोडेको हैदराबाद नवौं स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.