राजनीति

देश विकास गर्ने हुटहुटीले आफूहरूमा आएको छ : सांसद डा वाग्ले

तनहुँ क्षेत्र नं १ मा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले देश विकास गर्ने हुटहुटीले आफूहरूमा आएको बताउँदै तनहुँवासीले गर्व गर्न लायक सांसद बनेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्याया निर्वाचित प्रमाणपत्र ग्रहण गरेपछि उहाँले जिल्लाको विकासका साथै देशका मुद्दा सम्बोधनका लागि आफूले भूमिका खेल्ने उल्लेख गर्दै सो प्रतिबद्धता जनाउनुभएको हो ।

तनहुँवासीको विश्वास र भरोसालाई डगमगाउन नदिने बताउँदै भन्नुभयो, “जनताका अपेक्षा न्याय गर्नेछु ।” डा वाग्लेले जिल्लाका सबै राजनीतिक दलसँग सहकार्य र समन्वय गरेर काम गर्ने बताउनुभयो ।

नीति, क्षमता सही भएको खण्डमा देश विकास सम्भव रहेको जनाउँदै सामूहिक प्रयासलाई इमानदारीपूर्वक निभाउने बताउनुभयो । देश विकास गर्ने हुटहुटीले आफूहरू आएको जनाउँदै उहाँले भन्नुभयो, “सबैको सामूहिक प्रयत्नबाट मात्र देश विकास हुन्छ ।”

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट निर्वाचित डा वाग्लेलाई मुख्य निर्वाचन अधिकत कोमलप्रसाद आचार्यआयोजित कार्यक्रममा प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

आज सम्पन्न मतगणनाअनुसार डा वाग्ले ३४ हजार नौ सय ११ मत प्राप्त गरी विजयी हुनुभएको थियो । सो अवसरमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा वाग्लेले

मुख्य निर्वाचन अधिकृत आचार्यले शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने सबैप्रति आभार व्यक्त गर्नुभयो । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको बताउनुभयो ।

निर्वाचनमा ६५ हजार तीन सय १६ मत खसेकामा ६४ हजार एक सय ३५ मत सदर भएको थियो भने एक हजार एक सय ८१ मत बदर भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.