राजनीति

रवि लामिछाने ४३ हजार बढी मतान्तरले विजयी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नं. २ मा ठूलो मतान्तरले विजयी हुनुभएको छ । उहाँले आम निर्वाचनकोभन्दा बढी मत पाउनुभएको छ ।

मतगणनाको अन्तिम परिणाम अनुसार लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी हुनुएको छ भने उहाँका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २५१ मत पाउनुभयो ।

लामिछाने र श्रेष्ठको मतान्तर ४३ हजार २५ रहेको छ । त्यसै गरी नेकपा एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत पाउनुभयो ।

लामिछानेले गत मंसिर ४ गते ४९ हजार ३०० मत पाउनुभएको थियो । नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत पाउनुभएको थियो ।

सत्ता गठबन्धनका शीर्ष नेताहरुले डेरा जमाएर रवि हराउने अभियान चलाए पनि उहाँको लोकप्रियता अरु बढेको प्राप्तत मत परिणामले देखाएको छ । चितवन क्षेत्र नं २ मा १० गते भएको निर्वाचनमा ७८ हजार २ सय ७७ मत खसेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.