जन सरोकार

आगोले जलेर दुई जनाको मृत्यु

सिन्धुली र खोटाङमा भएको आगलागीको घटनामा आगोले जलेर दुई जनाको मृत्यु भएको छ । सिन्धुली,  कमलामाई नगरपालिका-१ खारखोला बस्ने ७३ वर्षीया कृष्ण माया पौडेलको आगोले जलेर मृत्यु भएको छ ।

पौडेलले बुधबार दिउँसो आफ्नै बारी पाँखामा आगो लगाउँदा जलेर उनको मृत्यु भएको हो । त्यस्तै खोटाङ, रावाबेशी गाउँपालिका-१ बस्ने ८५ वर्षीय सिद्धि बहादुर श्रेष्ठको आगोले जलेर बुधबार दिउँसो मृत्यु भएको छ ।

सोही ठाउँस्थित हरामटार मैन चौर सामुदयिक वनमा लागेको आगो निभाउने क्रममा जलेर उनको मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.