जन सरोकार

मृत अवस्थामा तीन जना फेला

मृत अवस्थामा विभिन्न स्थानबाट तीन जना फेला परेका छन् । धनकुटा, सहिदभुमी गाउँपालिका-२ लगनटारस्थित अरूण नदीमा संखुवासभा धर्मदेवी नगरपालिका-४ मामलिङ बस्ने ६० वर्षीय इन्द्र बहादुर सोमयाङ्ग बुधबार मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

गत ५ गते हराई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । त्यस्तै नुवाकोट, बिदुर नगरपालिका-५ माझगाँउ बस्ने ४० वर्षीय राम कृष्ण मिजार आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै सुनसरी, बराहक्षेत्र नगरपालिका-२ बयरवन बस्ने ५० वर्षीय प्रेम कट्वाल सोही नगरपालिका- ४ धनपुरीस्थित सडक छेउमा बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.