जन सरोकार

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कैलाली, लम्की-चुहा नगरपालिका-३ ब्यबस्थितनगर बस्ने ५४ वर्षीय लालमनि तिमिल्सेनालाई प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत दिपायलको २०८० पुस २४ गतेको फैसलाले कर्तब्य ज्यान मुद्दामा १० वर्ष कैद र १ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला अदालत कैलालीमा बुझाईएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.