विश्व समाचार

रुसले दियो तेस्रो विश्वयुद्धको चेतावनी

रुसी विदेश मन्त्री सर्गेई लाभरोभले सोमबार युक्रेनले शान्ति वार्ताको पालना नगरेमा तेस्रो विश्वयुद्धको सम्भावना रहेको चेतावनी दिनुभएको छ ।

लाभरोभले विभिन्न रूसी समाचार एजेन्सीहरूसँग कुरा गर्दै शान्ति वार्तामा युक्रेनको दृष्टिकोणको आलोचना गरेको मस्को टाइम्सले उल्लेख गरेको छ। उहाँले भन्नुभयो, “सद्भावनाको सीमा हुन्छ । तर यदि यो पारस्परिक छैन भने यसले वार्ता प्रक्रियालाई मद्दत गर्दैन।”

टर्कीको इस्तानबुलमा रुस र युक्रेनबीच भर्खरै भएको बैठकमा लाभरोभले कीभले अघिल्लो अडानबाट बाहिरिएको सम्झौताको मस्यौदा प्रस्तुत गरेको उल्लेख गर्नुभएको छ ।

यसबाहेक लाभरोभले रुसले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले तोकेको टोलीसँग वार्तामा संलग्न हुने कुरामा जोड दिंदै जेलेन्स्कीले भने शान्ति वार्ताको नाटक मञ्चन गरिरहेको आरोप समेत लगाउनुभएको छ ।

लाभरोभले तेस्रो विश्वयुद्धको खतरा बाहिर सुनिए जत्तिकै वास्तविक रहेको समेत चेतावनी दिंदै भन्नुभयो- “खतरा गम्भीर छ, यो वास्तविक हो ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.