जापान

दक्ष विदेशी कामदारको बसाई अवधि बढाउँदै जापान

श्रमिकको अभाव गम्भीर बन्दै गएपछि जापान सरकारले दक्ष विदेशी कामदारहरुको जापान बसाई अवधि बढाउन र काम गर्न पाउने क्षेत्र विस्तार गर्ने योजना अघि सारेको छ ।

सरकारले दक्ष विदेशी कामदारको बसाई अवधि बढाउने विषयमा छलफल सुरु गरेको छ । कामदारको बसाई अवधि बढाइएमाा उनीहरुले तोकिए बाहेकका क्षेत्रमा पनि काम गर्न पाउने छन् ।

यतिबेला जापानमा दक्ष विदेशी कामदारलाई दुई श्रेणीमा विभाजन गरिएको छ । तल्लो तहको कामदारले १२ उद्योगमा काम गर्न सक्नेछन् र उनीहरुको बसाई अवधि बढीमा ५ वर्षको रहेको छ ।

यसै गरी दोस्रो श्रेणीका कामदारका लागि जापान बसाईको धेरै समयसीमा छैन र उनीहरु आफ्नो श्रीमती तथा बालबच्चालाई पनि जापान ल्यााउन सक्छन् ।

तर, उनीहरु केवल भवन तथा जहाज निमा जस्ता दुई क्षेत्रमा काम गर्न सक्छन् । यो श्रेणीको आवासीय सुविधाा पाउन त्यति सजिलो भने छैन । आजसम्म यो श्रेणीकाा लागि जम्मा १० जनाले अनुमति पाएका छन् ।

गत सोमबार सरकारले श्रेणी २ का लागि कार्य क्षेत्रको संख्या बढाएर ११ बनाउने योजना रहेको खुलासा गरेकको छ । यसमा कषि तथा खाद्य उत्पानको क्षेत्र पनि समावेश छ ।

यदि सत्ताधारी दलले यो योजनाको मस्यौदालाई स्वीकृत दिए आउँदो जुन महिनामै पारित गर्ने सरकारको योजना रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.