जापान

जापानले मान्यता दियो समलिङ्गी विवाह, अमेरिकी पुरुषले पाए दीर्घकालीन भिसा

समलिङ्गी विवाहलाई मान्यता नदिने जापानले संयुक्त राज्य अमेरिकामा समलिङ्गी जापानीसँग विवाह गर्ने अमेरिकी पुरुषलाई दीर्घकालीन भिसा दिएको छ ।

जापानले मान्यता दियो समलिङ्गी विवाह, अमेरिकी पुरुषले पाए दीर्घकालीन भिसा

जापानमा दीर्घकालीन बसोबासको भिसा पाएपछि ती अमेरिकीका प्रतिनिधिले सोमबार समलिङ्गी विवाहलाई मान्यता नदिने देशमा ‘ब्रेकथ्रु’ कदम भनेका छन्।

उनले यो फैसला केस बाई केस आधारमा गरिएको भए पनि न्याय प्रणालीको एक हिस्साको रूपमा स्थापित हुनुपर्ने बताएका छन् ।

एन्ड्रयु हाई नामक ती पुरुषलाई तोकिएको गतिविधि भिसाले कानुनी प्रणाली मार्फत दीर्घकालीन बसोबासका लागि तत्काल एक वर्षसम्म जापानमा बस्न अनुमति दिनेछ। उनलाई टोकियो क्षेत्रीय अध्यागमन सेवा ब्यूरोले गत शुक्रबार भिसा प्रदान गरेको हो।

फैसलामा यदि दुवै विदेशी नागरिक भएका समलिङ्गी जोडीहरू निर्दिष्ट गतिविधि भिसाका लागि योग्य हुनेछन् । तर, तिनीहरूमध्ये एक जापानी भएमा यो हुँदैन । यस अघि हाईलाई अस्थायी भिसा मात्र दिइएको थियो ।

गत सेप्टेम्बरमा, टोकियो जिल्ला अदालतले हाईलाई भिसा दिनु पर्ने बताएको थियो किन भने वर्तमान प्रणाली अनुसार पार्टनर जापानी हो वा होइन भन्ने आधारमा हेरिनु तर्कमा आधारित नहुने र संविधान र समानताको ग्यारेन्टी गर्ने कानुन उल्लङ्घन हुने बताएको थियो ।

पछिल्लो फैसलाले दीर्घकालीन आवासीय भिसा नदिने नीतिलाई पनि समर्थन गर्‍यो र जापानले समलिङ्गी विवाहलाई मान्यता नदिने आधारमा क्षतिपूर्तिको दाबी पनि खारेज गरेको छ ।

हाई र उनको पार्टनरले सन् २००४ मा डेटिङ गर्न थालेको र सन् २०१५ मा अमेरिकामा विवाह गरेका थिए । हाईले थप स्थायी र आवासीय भिसाका लागि अदालतमा लडाइँ जारी राख्ने अपेक्षा गरिएको छ, किनकि तोकिएको गतिविधि भिसाले काम गर्ने समयलाई सीमित गर्दछ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.