राजनीति

सत्ता गठबन्धनले देशलाई गलत दिशातर्फ लगिरहेको छ : पोखरेल

नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सत्ता गठबन्धनले मुलुकलाई गलत दिशातर्फ लग्दै धराशायी बनाइरहेको आरोप लगाउनुभएको छ ।

बुधबार ललितपुरमा आयोजित मनमोहन अधिकारीको २४ औं स्मृति दिवसको अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गठबन्धनले देश धराशायी बनाउने गरी गलत दिशातर्फ लगिरहेको आरोप लगाउनुभएको हो ।

पोखरेलले भन्नुभयो, ‘एउटा सिद्धान्तविहीन, उद्देश्यविहीन र लोकतन्त्र मूल्य मान्यता विपरीत खडा गरिएको गठबन्धनले मुलुकलाई धराशायी बनाउने गलत दिशातर्फ लैजाने काम गरिरहेको छ ।’

यस्तो परिस्थितिमा राष्ट्रको स्वार्थलाई सर्वोपरि राखेर राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यक्ता औंल्याउँदै पोखरेलले राष्ट्रिय शक्ति निर्माण गर्दा मनमोहन अधिकारीका विचारबाट अभिप्रेरित भएर अघि बढ्नुपर्ने पनि बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.