विवाहको खर्च कटाएर कुन्दनराजले दिए कोरोना राहत कोषमा दुई लाख रुपैयाँ
राजनीतिलाई विना लगानीको व्यवसाय बनाएर अकुत कमाउनेहरु गरीब जनताको खाद्यान्न र औषधिमा समेत भ्रष्टाचार गर्ने अनि उनीहरुकै नाममा आर्थिक सहायता भन्दै लाखौं संकलन गर्नेहरुको भीड कायमै छ ।
भ्रष्ट र अनैतिक बन्दै गएको राजनीतिमा यो पुस्ताका शिक्षित युवा राजनीतिकर्मीहरु भने आफ्नो सामाजिक समारोहको खर्च समेत कटौटी गरेर सहायता गर्दछन् ।
यस्तैमा नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले आफ्नो विहे खर्च कोरोनाभाइरस रोकथामका लागि सरकारले खडा गरेको कोषमा हस्तान्तरण गरेका छन् ।
आइतबार मेनुका अधिकारीसँग विहे गरेका काफ्लेले विहे खर्च कटौती गर्दै आफू र श्रीमतीले दुई लाख रूपैंया सरकारी राहत कोषमा जम्मा गरिदिएको बताएका छन ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई मन्त्रालयमा पुगेर काफ्ले नव विवाहित श्रीमती मेनुका अधिकारीले उक्त रकम हस्तान्तरण गरेका हुन् ।