राजनीति

हेमन्त र धर्मेन्द्र नेत्रविक्रमको पार्टीबाट बर्खास्त

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले पार्टी निर्णय विपरीत गतिविधि गरेको आरोपमा नेताहरू हेमन्तप्रकाश ओली (सुदर्शन) र धर्मेन्द्र बाँस्तोला (कञ्चन)लाई बर्खास्त गरेको छ।

पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवले बुधबार एक विज्ञप्ति जारी गर्दै सचिवालय सदस्यसमेत रहेका दुई नेतालाई बैठकका निर्णय र नेतृत्वविरूद्ध काम गरेको आरोप लगाउँदै पार्टीको जिम्मेवारीबाट पदमुक्त गरेको जानकारी दिनुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘बैठकका निर्णय र नेतृत्वकाविरूद्ध पार्टी बाहिरका सञ्चारमाध्यमहरूमा छाडा एवं अराजक तरिकाले अन्तर्वार्ता दिने, कार्यकर्तामाझ नांगो गुटबन्दी गर्ने र पार्टीका सबै मूल्यमान्यता भत्काउने कार्य गर्नुभयो’ ।

स्थानीय तहको निर्वाचनमा विप्लवसहित केही नेताहरू चुनावमा सहभागी हुनुपर्छ भन्नेमा र धर्मेन्द्र र हेमन्तप्रकाश लगायत नेताले चुनावमा भाग लिन नहुने अडामा रहे पनि रोल्पा, दाङ लगायत जिल्लामा स्थानीय चुनावका लागि सो पार्टीका नेता, कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.