जन सरोकार

एपिएफ र रावा बैंकबीच तलबी बचत र सरल कर्जा सम्बन्धी सम्झौता

सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बीच सशस्त्र प्रहरी कर्मचारीहरुको हित तथा सुविधाका लागि तलबी बचत खाता संचालन तथा कर्जा लगायतका विविध बैंकीङ्ग सुविधा प्रदान गर्ने गरी सम्झौता भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के।सी।को प्रमुख आतिथ्य तथा सो बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको उपस्थितीमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बैशाख १४ गते आयोजित एक समारोहका वीच सशस्त्र प्रहरी नायव महानिरीक्षक बिदुर खड्का र बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले सो सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

त्यस अवसरमा महानिरीक्षक केसीले संगठनले विभिन्न कल्याणकारी योजनाहरु मार्फत राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई विभिन्न सुविधाहरु प्रदान गर्दै आईरहेको उल्लेख गर्नुहुँदै सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बाणिज्य बैंकसँग भएको यस सम्झौता सँगै सशस्त्र प्रहरी कर्मचारीहरुले उक्त बैंकले प्रदान गरिरहेको विभिन्न सुविधा लगायत कर्जा सुविधा समेत न्यून शुल्कमा प्राप्त गर्ने बताउनुभयो ।

उहाँले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई प्रदान गरिने सेवा तथा सुविधा वितरणमा उक्त बैंकले पु¥याउने सहयोगप्रती हार्दिक आभार प्रकट गर्नुहुँदै सो सुविधाले सकल दर्जाका कर्मचारीहरुको हौसला अभिबृद्धि भई राज्यप्रदत्त जिम्मेवारीहरुमा अझ कटिबद्ध भई क्रियाशिल रहन उर्जा प्रदान गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीको अध्यक्षतामा यही बैशाख १३ गते बसेको परामर्श समितिको बैठकले सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई सहुलियतमा कर्जा उपलब्ध गराउने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंकसँग पारस्परिक सम्झौता गर्ने निर्णय गरेको बताउनुभयो ।

त्यस्तै उहाँले सशस्त्र प्रहरी कर्मचारीहरुलाई आवश्यकतानुसार मनोवैज्ञानिक परामर्श सेवा प्रदान गर्नको लागि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा मनौवैज्ञानिक परामर्श सेलको स्थापना गर्ने तथा आगामी दिनमा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, वाहिनी मुख्यालयहरु, नेपाल एपीएफ अस्पताल, तालिम शिक्षालयहरु र नेपाल एपीएफ स्कूलहरुमा समेत क्रमश सो सेल विस्तार गर्ने निर्णय भएको हो ।

कार्यक्रममा सो बैंकका कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बैंकको विविध पक्षबारे जानकारी गराउनुहुँदै सशस्त्र प्रहरी बल नेपालसँग सहकार्य गर्न पाउँदा आफूलाई अत्यन्तै खुशी लागेको उल्लेख गर्नुहुँदै सो बैंक करीव ५५ वर्षदेखि नागरिकको सेवामा समर्पित रहेको बताउनुभयो ।

सशस्त्र प्रहरी बल नेपालमा कार्यरत राष्ट्रसेवकहरुले पाउने तलव भत्ता तथा आर्थिक सुविधाहरु अनिवार्य रुपमा बैंक खाता मार्फत भुक्तानी गर्नुपर्ने नेपाल सरकारको नीति अनुरुप भएको सो सम्झौता सँगै सशस्त्र प्रहरी कर्मचारीहरुले विना धितो ५ वर्षका लागि अधिकतम १५ लाख सम्मको ऋण सुविधा पाउनुकासाथै बैंकले प्रदान गरिरहेको अन्य विविध सुविधाहरु समेत पहिलो वर्षको लागि निःशुल्क र त्यसपश्चात न्यून शुल्कमा उपभोग गर्न पाउने छन् ।

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरु तथा सो बैंकका बरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.