अर्थ

दुई दिन विदाले नौ महिनामा ५० अर्ब जोगिन्छ

सरकारले जेठदेखि हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेपछि यसबाट कर्मचारीहरुमा खुसी छाएको छ भने मुलुकको अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्ने अर्थविद्हरुले बताएका छन् ।

पछिल्लो समय रुस युक्रेन युद्धका कारण संसारभर इन्धनको मूल्य बढ्दा त्यसको असर नेपालमा प्रत्यक्ष परेको र यसबाट नेपाल आयल निगमले ठूलो घाटा व्यहोरिरहेका बेला दुई दिन विदाले मासिक १० प्रतिशतका दरले व्यापारघाटा कम हुने आँकलन गरिएको हो ।

दुई दिन सार्वजनिक बिदा दिँदा अत्यावश्यक बाहेकका सवारी साधन नगुड्ने हुँदा पेट्रोलियम पदार्थको खपतमा कमी आउने रनिगमको घाटासमेत कम हुने दावी गरिएको हो ।

अहिले आयल निगमको व्यापार घाटा मासिक साढे सात अर्ब छ । सातामा एक दिन सार्वजनिक बिदा थपिएपछि निगमको मासिक घाटा १० प्रतिशत घट्ने अनुमान गरिएको हो ।

नेपाल राष्ट्र बैँकका पूर्वगभर्नर चिरञ्जीवी नेपालले सरकारको यो निर्णयले विदेशी मुद्रा सञ्चितीमा राहत मिल्ने बाउँदै यो निर्णयले तीव्र रुपमा विदेशी मुद्रा सञ्चितीमा आएको ह्रासलाई केही हदसम्म रोक्न सहयोग गर्ने बताउनुभयो ।

नेपालमा पछिल्लो नौ महिनामा २०० अर्बको पेट्रोलियम पदार्थको खरिद भएको छ । अब सातामा एक दिन बिदा थप हुँदा नौ महिनामा ५० अर्ब रुपियाँ जोगिन सक्ने उहाँको अनुमान छ । तर, बिदाको समयका सरकारी सवारी अनावश्यक रुपमा चलाउन रोक लगाउनुपर्ने उहाँको सुझाव छ ।

यस्तै पूर्वअर्थ सचिव कृष्णहरि बाँस्कोटाले यो निर्णय सकारात्मक भएको बताउँदै अब सरकारले विद्युतीय सवारी साधानको आयात वृद्धि गर्नुपर्ने सुझावसमेत दिनुभएको छ ।

नेपालमा दैनिक पेट्रोलको खपत २२ सय किलोलिटर हुँदा डिजेल दैनिक पाँच हजार किलोलिटर खपत हुन्छ । खाना पकाउने एलपी ग्यासको खपत दैनिक १० हजार सिलिण्डर हुने गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.