क्रिकेटखेल

टी-२० इतिहासकै उच्च स्कोर चेज गर्यो पञ्जाबले, यस्ता बने कीर्तिमान

कोलकाता ८ विकेटले पराजित

इन्डियन प्रिमियर लिग (आइपिएल)मा पञ्जाब किंग्सले आइपिएलको सबैभन्दा ठूलो लक्ष्य पछ्याएको छ । शुक्रबार राति भएको खेलमा टोलीले चालू सिजनको ४२औं खेलमा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको थियो ।

घरेलु मैदानमा टस जितेर ब्याटिङ गरेको कोलकाताले २० ओभरमा २६१ रन बनाएको थियो । प्रतियोगिताको १७ औँ सिजनमा ७ औं पटक २५० भन्दा बढी रनको स्कोर पार गरेको हो । कोलकाताले दिएको उक्त लक्ष्य पञ्जाबले १८।४ ओभरमा २ विकेट गुमाएर पूर गर्यो ।

पञ्जाबको तर्फबाट जोनी बेयरस्टोले शतक प्रहार गरे । उनले ४८ बलमा १०८ रन बनाएर अविजित रहे भने शशांक सिंहले २८ बलमा अविजित ६८ रन बनाएर टोलीलाई विशाल लक्ष्य पछ्याउन सफल भए । प्रभसिमरन सिंहले पनि २० बलमा ५४ रन बनाए । कोलकाताका सुनिल नारायणले एक विकेट लिए भने एक ब्याट्सम्यान रनआउट भए ।

कोलकाताको घरेलु मैदानमा इडेन गार्डेन रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २६१ रन बनाएको थियो । उसका लागि फिल साल्टले ३७ बलमा ७५ रन र सुनिल नारायणले ३२ बलमा ७१ रनको अर्धशतकीय पारि खेले । यी दुवैबीच शतकीय साझेदारी भएको थियो । त्यस्तै आन्द्रे रसेलले २४, वेंकटेश अय्यरले ३९ र श्रेयस अय्यरले २८ रन बनाए । पञ्जाबका लागि अर्शदीप सिंहले २ विकेट लिए ।

यस्ता बने कीर्तिमान
पञ्जाबले यो कीर्तिमानी स्कोर १८.४ ओभरमा पछ्यायो। जुन टी–२० इतिहासमा सबैभन्दा सफल चेस हो । उक्त खेलमा कुल ४२ छक्का प्रहार भएको थियो जुन पहिलो पटक टी–२० खेलमा भएको थियो ।

पञ्जाबले टी–२० को सबैभन्दा ठूलो लक्ष्य पछ्यायो
पञ्जाब किंग्सले जोनी बेयरस्टोको शतक र शशांक सिंहको अर्धशतकको मद्दतमा १८.४ ओभरमा २६२ रनको लक्ष्य पछ्यायो । यो कुनै पनि टी–२० खेलमा सबैभन्दा ठूलो रन चेस हो । गत वर्ष दक्षिण अफ्रिकाले वेस्ट इन्डिजविरुद्ध २५९ को लक्ष्य सफलतापूर्वक पछ्याएको थियो।

आइपिएलको सबैभन्दा ठूलो लक्ष्य पञ्जाबले बनायो
पञ्जाबले आइपिएल इतिहासमा सबैभन्दा सफल चेस पनि गरेको छ । यसअघि सन् २०२० मा राजस्थानले पञ्जाबविरुद्ध २२४ रनको लक्ष्य पछ्याएको थियो । यो कीर्तिमानमा पञ्जाबले २६२ रन बनाएर पहिलो स्थान हासिल गरेको छ ।

पञ्जाबले आइपिएलमा सर्वाधिक रन पछ्याउने क्रममा पनि बराबरी गरेको छ । यस सिजनको सुरुमा बैंगलोरले हैदराबादविरुद्ध २८८ रनको लक्ष्य पछ्याउँदा २० ओभरमा २६२ रन बनाएको थियो ।

पञ्जाबले आइपिएलको एक इनिङ्समा सर्वाधिक छक्का प्रहार गर्यो
पञ्जाब किंग्सले कोलकाताविरुद्धको इनिङ्समा कुल २४ छक्का प्रहार गरेको थियो । यो आइपिएलको एकै इनिङ्समा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान हो । हैदराबादले यस वर्ष आरसीबीविरुद्ध २२ छक्का प्रहार गरेको थियो जुन कीर्तिमान पञ्जाबले तोड्यो ।

कोलकातामा मैदानमा लाग्यो ४२ छक्का
पञ्जाब र कोलकाताबीचको खेलमा कोलकाताले १८ र पञ्जाबले २४ छक्का प्रहार गरेको थियो । योसँगै टी–२० म्याचमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान पनि यही खेलमा बनेको छ । यसअघि यस वर्ष नै एसआरएच र आरसीबीबीचको आइपि एल खेलमा ३८ छक्का प्रहार भएको थियो ।

कोलकाताले १८ छक्का प्रहार गर्यो
कोलकाता नाइट राइडर्सले पहिलो इनिङ्समा ब्याटिङ गर्दा कुल १८ छक्का प्रहार गरेको थियो । योसँगै टोलीले आइपिएलको एक इनिङ्समा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमानको बराबरी गरेको छ । यस वर्षको सुरुमा दिल्लीविरुद्ध २७२ रन बनाएको टोलीले १८ छक्का हानेको थियो ।

आइपिएलमा तेस्रो पटक ५०० भन्दा बढी रन बन्यो
कोलकाताले २६१ रन बनाएको थियो भने पञ्जाबले २६२ रन बनाएको थियो, अर्थात् खेलमा कुल ५२३ रन बन्यो । आइपिएल इतिहासमा तेस्रो पटक एक खेलमा ५०० भन्दा बढी रन बनेको छ । यसअघि हैदरावाद–मुम्बई र हैदरावाद–बैंगलोरबीचको खेलमा ५०० भन्दा बढी रन बनेको थियो । हैदराबाद र बैंगलोरबीचको खेलमा कीर्तिमानी ५४९ रन बनेको थियो ।

चार ओपनरकाे अर्थशतक
कोलाकाता र पञ्जाबका चार ओपनरले अर्धशतक बनाए । फिल साल्ट (७५), सुनिल नरेन (७१), प्रभसिमरन सिंह (५४) र जोन बेयर्सटो (१०८)। आइपिएलको कुनै पनि खेलमा चारै ओपनरले अर्धशतक बनाएको यो पहिलो पटक हो ।

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.