क्रिकेटखेल

रोहितको सानदार शतकमा नेपालद्वारा वेस्ट इन्डिज‘ए’ ४ विकेटले पराजित 

काठमाडौँमा शनिबार देखि सुरु भएको नेपाल र वेस्ट इन्डिज ‘ए’बीचको पाँच टी–ट्वान्टी शृङखलाको पहिलो खेलमा नेपाल विजयी भएको छ । शनिबार भएको खेलमा वेस्ट इन्डिज ‘ए’लाई ४ विकेटले पराजित गर्दै नेपालले पाँच खेलको शृङखलामा १-० को अग्रता लिएको छ ।

रोहितको सानदार शतक

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिज‘ए’ले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउदै दुई सय चार रनको योगफल बनाएको थियो  । वेस्ट इन्डिज ‘ए’का लागि कप्तान रोस्टन चेशले सर्वाधिक ७४ रनको योगदान दिए । उनले ४६ बलमा नौ चौका र दुई छक्का प्रहार गरे । यसैगरी एलिक एथानाजेले २५ बल खेल्दै ४७ रन जोडे । उनले यस क्रममा पाँच चौका र तीन छक्का हाने । यस्तै केसी कार्टीले ३८ तथा कदीम एलियनले १५ रन बनाए ।

बलिङतर्फ नेपालका अभिनाश बोहोरा, कमलसिंह ऐरी, दीपेन्द्रसिह ऐरी र कप्तान रोहितकुमार पौडेलले एक एक विकेट लिए । २०५ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको लागि रोहितकुमार पौडेलले ५४ बलमा १० चौका र ६ छक्का प्रहार गर्दै ११२ रनको शतकीय पारी खेले भने  दीपेन्द्रसिह ऐरीले १८ बलमा २४ रन जोड्दा कुशल मल्ल र कुशल भुर्तेलले समान १६-१६ रन बनाए ।

यस्तै गुलसन कुमार शाह ९ र प्रतिस जिसी ४ रनमा अविजित रहँदा अनिलकुमार शाहले ५ र विवेक यादवले ७ रन जोडे ।  वेस्ट इन्डिज ‘ए’ को लागि म्याथ्यु फोर्ड र ओबेड म्याक्वाईले समान २-२ विकेट लिए भने कीमो पलको भागमा एक विकेट रह्यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.