अर्थ

अर्थव्यवस्था सुधारका लागि प्रभावकारी योजना छन् भने सरकारलाई दिनु

कोरोना भाइरसका कारण विश्व अर्थव्यवस्था धाराशायी हुँदैछ र नेपाल जस्ता गरीब मुलुकयसबाट अरु संकटमा पर्ने निश्चित जस्तै भएका बेला सरकारले अर्थ व्यवस्था स्थिर राख्न सुझाव आव्हान गरेको छ ।

सरकारले राष्ट्रिय योजना आयोगलाई कोरोना भाइरस संक्रमणबाट नेपालको आर्थिक, सामाजिक तथा अन्य क्षेत्रमा परेको असर र प्रभाव अध्ययन गरी अर्थव्यवस्थालाई पुनरुत्थान गर्न आवश्यक नीति, रणनीति एवम् उपयुक्त उपायसहितको प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिएसंगै आयोगले उक्त प्रतिवेदन बनाउने प्रयोजनका लागि सरोकारवालाबाट सुझाव माग गरेको हो ।

आयोगका अनुसार संघसंस्था सरकारी निकाय, निजी क्षेत्र, गैरसरकारी क्षेत्र, विषय विज्ञ, बुद्धिजिवी तथा सरोकारवालाबाट सुझाव माग गरिएको हो । आयोगलाई सरकारले २५ चैतको निर्णय अनुसार प्रतिवेदन बनाउने गरी जिम्मेवारी तोकेको थियो । सोहीअनुसार ३० वैशाखसम्म आइपुग्ने गरी आयोगले सरोकारवालासँग सुझाव माग गरेको छ । यसरी तयार हुने प्रतिवेदनका आधारमा सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा आर्थिक पुनरुत्थान तथा पुनरुद्धारका कार्यक्रम समेट्ने योजना बनाएको छ ।

आयोगले कोभिडका कारण प्रभावित क्षेत्रको सुक्ष्म अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको छ । त्यसअन्तर्गत सार्वजनिक स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने सम्बन्धमा आयोगले सरकारलाई सुझाव दिने भएको छ । यातायात, वायुसेवा, होटेल, मनोरन्जन सेवा र पर्यटन कोभिडका कारण सबैभन्दा बढी प्रभावित भएको छ ।

यस क्षेत्रको पुनसंचालन तथा पुनस्र्थापना गर्ने उपायबारेमा समेत आयोगले अध्ययन गर्ने भएको छ । लघु, घरेलु तथा मझौला उद्यमको संरक्षण, विकास तथा बिस्तार गर्ने र औद्योगिक उत्पादन एवम् उत्पादकत्व वृद्धि गर्ने तरिकाका सम्बन्धमा समेत अध्ययन हुने भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.