अर्थ

घट्दै सुनको मूल्य, प्रतितोला ९८ हजार

केही दिनयता प्रतितोला एक लाखभन्दाबढी भएको सुनको मूल्य विस्तारै घट्दै गएको छ । बिहिबार सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले ओरालो लागेर रु ९८ हजार तोकिएको छ ।

यस साताको पहिलो कारोबार दिनदेखि नै सामान्य मूल्यमा ओरालो लाग्दै आएको पहेँलो धातु बुधबार प्रतितोला रु ९९ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ५०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार ५०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले घटेर रु एक हजार ३२० मा आएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८७७ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.