राजनीति

प्रश्नकर्ता र स्थापितबीच चर्काचर्की

बिहिबार धुम्बाराहीस्थित नेशनल कलेजले काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापित, बालेन शाह र समीक्षा बास्काटासंग विद्यार्थीहरुको अन्तरक्रिया आयोजना गर्दा विद्यार्थी र स्थापितबीच चर्काचर्की भयो ।

“स्थानीय चुनावमा युवाको आशा र जिज्ञासा” नामक अन्तरक्रिया कार्यक्रममा एक सहभागीले स्थापितमाथि लागेको यौन दुर्व्यवहारको आरोपबारे प्रश्न सोध्दा स्थापित चर्किनुभएको थियो ।

उहाँले सो प्रश्न भुइमा खस्न नपाउँदै दुव्र्यवहारको प्रमाण ल्याउन चुनौति दिंदै अनुहार मात्र राम्रो भएर हुँदैन थुतुनो पनि राम्रो हुनुपर्छ भनेपछि होहल्ला मच्चिएको थियो ।

चर्काचर्कीलाई साम्य पार्न महिलाको मुद्दा भएकाले संयमित हुन अनुरोध गर्दा स्थापितले उल्टै “महिलाहरु मिलेर पुरुषलाई कोपरिरहँदा हेरिरहने हो । महिलाले बलात्कार गरेको सहीरहने हो ?” भन्दै चर्किपछि स्थिति तनावपूर्ण बनेको थियो ।

प्रश्नकर्ताले काठमाडौं महानगरपालिकाका एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको विषयमा प्रश्न पार्न प्रश्नकर्ताले आग्रह गरेपछि स्थापितले आरोप लागाउने महिलाले भ्रष्टाचार गरेकाले कामबाट निकालिदिएको उत्तर दिनुभएको थियो ।

त्यसपछि उनले तपाईंमाथि आरोप लागिसकेपछि कि त खण्डन गरेर निर्दोष रहेको प्रमाणित गर्नुपर्यो नभए मेयर जस्तो पदमा बस्ने नैतिकता तपाईंलाई हुन्छ ? भन्ने प्रश्न गरेपछि चर्काचर्की परेको थियो ।

अन्तक्रियामा सहभागी समीक्षा बास्कोटाले बस्न र शान्त रहन पटकपटक आग्रह गर्दा पनि स्थापित जंगिन नछोडेपछि बालेन शाह भने कार्यक्रमबाटै बाहिरिनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.