अर्थ

नौ महिनामा माथिल्लो तामाकोशीबाट ५ अर्बको विद्युत विक्री

संचालनमा रहेकामध्ये देशकै सबैभन्दा ठूलो जलविद्युत परियोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले उत्पादन सुरु गरेको नौ महिनामा ५ अर्ब रुपैयाँ बराबरको विद्युत विक्री गरेको छ ।

कूल ४५६ मेगावाट क्षमताको सो आयोजना गत असार २१ गतेदेखि सञ्चालनमा आएको हो । सो आयोजनाले हालसम्म झण्डै रु पाँच अर्ब बराबरको बिजुली बिक्री गरेको छ ।

यसले नेपालको अर्थतन्त्रमा उत्साहजनक उपलब्धि दिने अपेक्षा गरिएको छ र एउटा मेगा परियोजना सम्पन्न हुँदा त्यसले अर्थतन्त्रमा कति ठूलो प्रभाव पार्दछ भन्ने उदाहरण पनि प्रस्तुत गरेको छ ।

अर्थतन्त्रका जानकारहरूले एक युनिट बिजुली बराबर रु १०० बराबरको बहुपक्षीय प्रभाव पर्ने बताउँदै आएका छन् । यही आधारमा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरमा समेत माथिल्लो तामाकोसीले महत्वपूर्ण योगदान पुर्याएको पाइएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सो परियोजनाले कूल छ महिना नेपालको ऊर्जा क्षेत्रलाई पूर्णरूपमा आत्मनिर्भरसमेत बनाएको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको आव २०७८/७९ को राष्ट्रिय लेखा तथ्याङ्कमा सो कुरा उल्लेख गरिएको छ ।

विभागले भनेको छ, “खासगरी माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट गत आवको अन्त्यदेखि विद्युत् उत्पादन सुरु, अन्य आयोजनाको निर्माणमा भएकोे वृद्धि तथा औद्योगिक उत्पादनमा भएको वृद्धि आदिका कारणले यस क्षेत्रको कूल मूल्य अभिवृद्धि वृद्धिदरमा सकारात्मक प्रभाव परेको छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.