राजनीति

बालेनले विद्यालयमा राजनीतिक कार्यक्रम नगर्न चेतावनी दिएपछि

काठमाडौं महानगरपालिकाले विद्यालयहरुमा कुनै पनि राजनीतिक दल, तिनका भातृ संगठनहरुले कार्यक्रम गर्न नपाउने भन्दै त्यस्ता कार्यक्रम नगर्न निर्देशन दिएपछि विद्यार्थी संगठनहरु आक्रोशित भएका छन् ।

विद्यालय शान्ति क्षेत्र रहेकाले कुनै पनि राजनीतिक गतिविधि गर्न नपाइने नियम विपरीत केही राजनीतिक दलका भातृ संगठनले त्यस्तो कार्यक्रम गरेको उजुरीपछि महानगले निर्देशन जारी गरेको थियो ।

महानगरको सो निर्णयपछि माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले महानगरको शिक्षा विभागमा तालाबन्दी गर्यो ।

महानगरका प्रमुख बालेन्द्र साह (बालेन)ले विद्यालयहरूमा राजनीति गरे कारबाही गर्ने निर्देशन दिएपछि तालाबन्दी गरेको अखिलको दावी छ ।

अखिल क्रान्तिकारीका नेता प्रदीप भट्टले काठमाडौं महानगरका प्रमुख बालेनले विद्यार्थीहरूको हकहितका विषयमा कुरा उठाउँदा अंकुश लगाउने काम गरेको र मेयरले तत्काल उक्त निर्णय फिर्ता लिनुपर्ने माग गर्नुभएको छ ।

विद्यार्थी संगठनलले तालाबन्दी गरेपछि शुक्रबार विहान मेयर बालेनले काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमुक दलगत शैक्षिक सङ्गठनले ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फेरेर विफल पारेको भन्दै ट्वीटबाट भिडियोसहित जानकारी दिनुभएको छ ।

ट्वीटमा बालेनले विद्यालय पढ्ने ठाउँ हो, हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पनासम्म गर्न यसै कारण विद्यालयमा राजनीतिक गतिविधि निषेध गरिएको भन्दै ताला तोडेको जानकारी दिनुभएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.