विश्व समाचार

६ देखि ९ महिनामा बुस्टर डोज खोप लगाउन सुझाव

भारतका स्वास्थ्य क्षेत्रका विज्ञहरुले कोरोना भाइरस विरुद्धको वुस्टर डोज खोप ६ देखि ९ महिनाको बीचमा लगाउन सुझाव दिएका छन् ।

विश्वका धेरै ठाउँमा दोस्रो मात्राको खोप लगाएपछि खोप लगाउन छोडेको र कतिपय देशका बुस्टर जोड खोप पनि निकै थोरै मानिसले मात्रै लगाइएको पाइएकोले चिकित्सकहरूले यस तर्फ ध्यानाकर्षण गराएका हुन ।

टाटा इन्स्टीच्युड फर जेनेटिक्स एण्ड सोसाइटी व्याङलोरका निर्देशक डा राकेश मिश्रले एएनआईसँगको अन्तर्वार्ताको क्रममा भन्नुभयो, “दोस्रो डोज लगाएको ६ देखि नौ महिनाको बीचमा तेस्रो डोज लगाउनु पर्दछ ।”

बढीमा नौ महिना अगाडि नै बुस्टर जोड लगाइसक्नु पर्नेमा जोड दिदै उहाँले पाँच महिना अगाडि लगाउन आवश्यक नभएको पनि स्पष्ट पार्नुभयो ।

दोस्रो डोज लगाएकाहरूले खोप लगाएको पाँच, छ महिनाभन्दा बढी समय भएको भए तत्काल उनीहरूलाई तेस्रो मात्रा लगाउने व्यवस्था सरकारले गर्नुपर्ने उहाँको भनाई छ ।

बढीमा नौ महिना भित्रमा तेस्रो मात्राको खोप लगाएन भने कोरोनाको असर बढी पर्ने भएकाले अहिले नै सतर्क हुन उहाँले सुझाव दिनुभयो ।

भारतमा चाडै नै कोरोना भाइरसको चौथो महामारी सुरु हुन सक्ने चेतावनी दिदै उहाँले त्यसबाट लड्न सबैले तेस्रो मात्राको खोप लगाएर बस्नु पर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.