राजनीति

वामदेवलाई अघि सारेर प्रचण्ड-नेपाललाई प्रधानमन्त्री ओलीको झड्का, अब के होला ?

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बुधबार साँझ बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने र यसका लागि आवश्यक प्रक्रिया थाल्ने प्रस्ताव गरेपछि सो पार्टीभित्रका सत्ता राजनीति अर्को मोडमा पुगेको छ ।

प्रधानमन्त्री ओलीलाई राजीनामा गराएर आफू प्रधानमन्त्री बन्ने रणनीतिमा रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको रणनीति विपरित वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने र मानमर्यादा नपुगेको भन्दै हिंडेका माधवकुमार नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव गरेर आफू बिरुद्ध लाग्नेहरुलाई ठूलो झड्का दिनुभएको छ ।

बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले सुरुदेखि नै पार्टी एकता विपरीत आफ्नो गुटका लागि कम गरेको, सरकार असफल भएको लगायतका असन्तुष्टि पोखेपछि उहाँले आफू राजीनामा दिन तयार भएको र वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गर्नुभएको हो । प्रधानमन्त्री ओलीको यो प्रस्तावले अहिले उहाँबिरुद्ध मोर्चा कसेका नेताहरुमा फुट आउनसक्ने र ओली बलियो बन्ने विश्लेषण भैरहेको छ ।

वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन ओलीको प्रस्ताव एक तिरले तीन निशाना लगाउने रणनीति रहेको छ । पछिल्लो समय गौतम स्वयं ओलीको विरुद्ध उभिएर प्रचण्ड र नेपालतिर लागेका बेला उहाँलाई प्रधानमन्त्रीको प्रस्ताव गरेर प्रचण्ड नपाल गुटबाट गौतम बाहिरिने निश्चित छ । प्रधानमन्त्री ओलीको प्रस्तावपछि बैठकमा गौतमले आफूलाई प्रधानमन्त्री बनाउने प्रस्तावले आश्चर्यचकित भएको र यो पस्तावको स्वागत गर्छु भन्नुभयो ।

प्रधानमन्त्री ओलीले कोरोना संक्रमण सकिएपछि प्रधानमन्त्रीबाट राजीनामा दिने र गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गर्दै यो निर्णयलाई सचिवालयले नै टुंगो लगाऔं भनेपछि बैठकमा बोल्ने कतिपय नेताहरु विभाजित भएका थिए । कसैले स्थायी समितिको बैठक माग गरे भनेन कतिपयले प्रधानमन्त्री ओलीको राजीनामा माग्नु गलत भएको बताए ।

प्रधानमन्त्री ओलीको राजीनामाको विपक्षमा पूर्व माओवादी नेताहरु नै उभिएपछि प्रचण्डलाई अर्को छटपटी सुरु भएको छ । एक त मुलुक कोरोना संक्रमणले अस्तव्यसत छ, अर्कोतिर सत्ता राजनीतिको खेल उत्र्कामा पुग्दा यसले आम जनतामा राम्रो सन्देश नजाने भए पन नेताहरुले परिस्थितिको गाम्भीर्यता पटक्कै महसुस गर्न नसकेको आभास आम जनतामा भैरहेको छ ।

अहिलेको समयमा राजीनामा भन्दा पनि सरकारलाई कसरी सक्रिय बनाउने भन्नेमा पार्टी लाग्नुपर्नेमा प्रधानमन्त्रीको राजीनामा मागेर नेताहरुले पदलोलुपताको चरम नमूना पेश गरेको आम टिप्पणी भैरहेको छ । यसले दिने सन्देशले नेताहरुप्रति आम धारणा पूर्ण नकारात्मक मात्र बनाइदिनेछ । दुई तिहाई बहुमतको हाराहारीमा रहेको सरकार त अस्थिर हुन्छ भनेन अरु के अश गर्नु भन्ने जनमानसको भावनालाई नेताहरुले आफ्नो स्वार्थका लागि लत्याउन मिल्दैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.