कला/मनोरन्जन

दुई दिनमा दुई दिग्गज अभिनेता गुमायो बलिउडले- ऋषि कपुरको निधन

हिन्दी चलचित्र नगरी (बलिउड)ले बिहिबार अर्का दिग्गज अभिनेता अभिनेता ऋषि कपुरलाई गुमाएको छ । एकदिन अघि इरफान खान गुमाएको बलिउडले बिहिबार ऋषि कपुरलाई गुमाएको हो ।

क्यान्सरबाट पीडित ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । ऋषिका भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो ।

अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो । अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.