स्वास्थ्य

सरकार भन्छ- अस्पतालमा बेड उपलब्ध गराउन सकिंदैन

जनस्वास्थ्यका मापदण्डहरु पालना गरेर सचेत बनौं

सरकारले राजधानी काठमाडौं लगायत डेढ दर्जन जिल्लामा कोरोना संक्रमण कायम रहेको स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने गरी कोरोना संक्रमण बढेकाले अस्पतालमा शय्या उपलब्ध गराउन नसक्ने अवस्था आएको स्वीकार गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक अपील जारी गर्दै उपत्यकाका तीनसहित १७ जिल्लामा कोरोना संक्रमण स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने गरी बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने बताएको हो ।

मन्त्रालले आम सर्वसाधारणलाई सचेत रहन आग्रह गर्दै भनेको छ– “कुनै पनि मार्गबाट विदेश जाने, आउने वा आन्तरिक बाह्य पर्यटनका लागि कहीं कतै जाने कामहरु पूर्णरुपमा बन्द गर्न र सार्वजनिक स्थलहरुमा जान भीडभाड गर्न काम बन्द गराउनु अत्यन्त जरुरी छ ।”

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा अगाडि भनिएको छ– “जनस्वास्थ्यका मापदण्डहरुको सम्वेदनशील भई कडा रुपमा पालना गर्नु, गराउनु पर्नछ । देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिइरहेको यो अवस्थामा कृपया सबैजना सम्वेदनशील बनिदिनुहुन हार्दिक अपिल छ ।”

मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा कोरोना संक्रमणका हिसाबले अति प्रभावित जिल्ला हुन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.