विश्व समाचार

म्यानमारको सेनाद्वारा थप एक महिना युद्धविराम घोषणा

म्यानमारको सेनाले युद्ध विरामको समयावधि एक महिना थप गरेको छ । आगामी मे ३१ सम्म सेनाबाट हुने कारबाही सम्बन्धी कुनै पनि क्रियाकलाप नहुने सेनाले शुक्रबार जानकारी दिएको हो ।

प्रधान सेनापतिको कार्यालयद्वारा जारी वक्तव्यमा वर्तमान विशेष परिस्थितिलाई मध्यनजर गर्दै युद्धविरामको समयावधि लम्ब्याइएको उल्लेख छ ।

worldondemand
mirai-life

सेनाले कारबाही सम्बन्धी कामहरु नगरे पनि आन्तरिक तथा प्रशासनिक र नियमित कामहरु भने गरिरहने पनि वक्तव्यमा जनाइएको छ ।

म्यानमारको सेनाले गत फेब्रुअरी १ मा सत्ता हातमा लिएर शासन गर्न थालेको छ भने नेताहरुलाई बन्दी बनाइएको छ ।

सेनाले सत्ता नियन्त्रणमा लिएको विरोधमा आन्दोलन भइरहेको छ । आन्दोलनका क्रममा सयौँको मृत्यु भइसकेको छ भने हजारौँ घाइते भएका छन् ।

सेनाले लोकतान्त्रिक सरकारलाई अपदस्त गरेको भन्दै संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय निकाय र विश्वका धेरै देशहरुले विरोध जनाएका छन् ।

उनीहरुले लोकतान्त्रिक प्रक्रियाबाट बनेको सरकारलाई नै सत्ताको जिम्मेवारी दिन म्यानमारको सेनालाई सुझाव र दबाब पनि दिएका छन् ।

तर सेनाले भने गत निर्वाचनमा धाँधली भएकाले फेरि अर्को निर्वाचन गराउने भन्दै एक वर्षका लागि सत्ता हातमा लिएको स्पष्ट पारेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button