राजनीति

२२ सीमा नाका बन्द गर्न सिफारिश, निषेधाज्ञा अरु कडा बनाइने

कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र (सिसिएमसी)को बैठकले भारतसँग सीमा जोडिएका विभिन्न नाका बन्द गर्ने सिफारिश गरेको छ । त्यस्तै बैठकले निषेधाज्ञा लागू भएका जिल्लामा थप कडाइ गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार उपप्रधानमन्त्री एवं सिसिएमसीका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकले दोस्रो लहरको कोभिड–१९ को जोखिम क्रमशः बढ्दो भएकाले थप सचेतनाका उपायबारे सिफारिश गरेको जनाइएको छ ।

बैठकले भारतसँगका ३५ मध्ये १३ वटा मात्रै नाका सञ्चालन गरी २२ वटा बन्द गर्ने पनि समितिले निर्णय गरेको छ । सरकारले क्वारेन्टाइनसहित खुला राखेका नाकाहरु काँकडभिट्टा, जोगवनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगन्ज, बेलहिया, कृष्णनगर, जमुनाह, झुलाघाट, कोलुघाट, गौरीफन्टा र गड्डाचौकी रहेका छन् ।

बैठकले निषेधाज्ञा लागू गरिएका जिल्लामा सबै सार्वजनिक निर्माणका सम्पूर्ण कार्य बन्द गर्ने, सञ्चालन हुने उद्योगले मजदुर तथा कर्मचारीलाई उद्योग परिसरभित्रै रहने गरी सञ्चालन गर्न पनि निर्देशन दिएको छ ।

उक्त सिफारिशबारे अब बस्ने मन्त्रिपरिषद्को बैठकमा छलफल हुनेछ । बैठकमा कोरोना रोकथामका लागि विभिन्न जिल्लामा जारी गरिएको निषेधाज्ञा र अत्यावश्यक वस्तु र सेवाको सञ्चालनका विषयमा पनि समीक्षा गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.