कला/मनोरन्जनकलिउड

सारङ्गी वादन प्रतियोगितामा कास्कीका गोविन्द गायक प्रथम

पोखरामा आयोजित सारङ्गी वादन प्रतियोगितामा कास्कीका गोविन्द गायक प्रथम हुनुभएको छ । लोकगायक स्व झलकमान गन्धर्वको ८८औँ जन्मजयन्तीका अवसरमा आयोजना गरिएको प्रतियोगितामा ३५ प्रतिस्पर्धीलाई पछि पार्दै गोविन्द प्रथम हुनुभएको हो ।

नेपाल गन्धर्व समुदाय विकास केन्द्र र झलकमान गन्धर्व सारङ्गी पाठशाला संयुक्त आयोजनामा पोखरा सभागृह हलमा भएको फाइनलमा उहाँले दुई सय ८९ दशमलव पाँच नम्बर पाउनुभएको थियो । प्रथम हुनुभएको गोविन्दले उपाधिसहित रु ३५ हजार र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

द्वितीय हुनुभएको बागलुङका राजेश गन्धर्वले दुई सय ८७ दशमलव पाँच र तृतीय हुनुभएका कास्कीकै विमल गायकले दुई सय ८२ अङ्क प्राप्त गर्नुभयो । राजेशले रु २५ हजार र विमलले रु १५ हजार पुरस्कार पाउनुभयो ।

दुई सय ८१ अङ्क ल्याउँदै गोरखका सुमन गन्धारी चौथो हुनुभयो । उहाँले रु सात हजार पाँच सय पुरस्कार हात पार्नुभयो । प्रतियोगितामा प्रोत्साहन पुरस्कारस्वरुप तनुहँकी अरुणा गन्धर्वले रु दुई हजार पाँच सय पाउनुभयो । विजेतालाई संस्कृतविद् डा जगमान गुरुङ, नेपाल गन्धर्व समुदाय विकास केन्द्रका अध्यक्ष सूर्यबहादुर गायकले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.