राजनीति

पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

पखाला लागेपछि मनमोहन अस्पताल भर्ना हुनुभएका खनालको पिसीआर परीक्षणपछि कोरोना पुष्टि भएको हो । खनालको अवस्था सामान्य रहेको जनाइएको छ ।

कोरोना संक्रमण पछि उपचारको लागि नर्भिक अस्पताल भर्ना गरिएको उहाँको निजी सचिवालयले जानकारी दिएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.