राजनीति

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको महानिरीक्षक नियुक्त

सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको महानिरीक्षक नियुक्त गरेको छ । नेपाल प्रहरीको महानिरीक्षक पदमा धीरजप्रताप सिंह र सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षक पदमा सशस्त्र प्रहरी अतिरित्त महानिरीक्षक राजु अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँहरुलाई महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको खानेपानी मन्त्री उमाकान्त चौधरीले जानकारी दिनुभयो ।

वर्तमान प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आजै ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउने भएपछि सरकारले सिंहलाई प्रहरी प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो ।

विसं २०४९ चैत १२ गते नेपाल प्रहरीको निरीक्षक पदबाट प्रहरी सेवामा प्रवेश गर्नुभएका सिंहले पहिलो नम्बर प्रहरी निरीक्षक पदमा नाम निकाल्न सफल हुनुभएको थियो ।

२०६१ मा प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा २०६९ मा प्रहरी उपरीक्षक (एसपी) हुँदा समेत पहिलो नम्बरमा नाम निकाल्न सफल सिंह प्रहरीमा व्यावसायिक र निडर प्रहरी अधिकृतको रुपमा चिनिनु हुन्छ ।

त्यस्तै गत हप्ता मात्र सशस्त्र प्रहरी नायब महानिरीक्षकबाट अतिरित्त महानिरीक्षकमा नियुक्त हुनुभएका अर्याल महानिरीक्षक बन्ने निश्चित थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.