जापान

पूर्वराजदूत माथेमालाई जापान सरकारको सम्मान

जापानका लागि पूर्वराजदूत केदारभक्त माथेमालाई जापान सरकारले ‘द अर्डर अफ द राइजिङ सन’ सम्मान प्रदान गर्ने भएको छ ।माथेमाले सन् १९९६ देखि २००३ सम्म जापानका लागि नेपाली राजदूतको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

नेपालस्थित जापानी दूतावासले दिएको जानकारी अनुसार सन् २०२२ को स्प्रिङ इम्पेरियल डेकोरेसनअन्तर्गत माथेमालाई उक्त सम्मान प्रदान गर्न लागिएको हो ।

नेपाल र जापानबीच सांस्कृतिक तथा शैक्षिक अनुभव आदानप्रदानको क्षेत्रमा पनि माथेमाको भूमिका उच्च स्तरको रहेको जापानी दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्मानका लागि छनोट गरेकोमा माथेमाले जापान सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मैले आफ्नो जिम्मेवारी पूरा गरेको हुँ । त्यसको मूूल्याङ्कन भएको मैले महसुुस गरेको छु ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.