राजनीति

सरकारबारे रास्वपाले शुक्रबार मात्र निर्णय लिने

संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने वा नहुने र सरकारलाई दिएको समर्थनका विषयमा शुक्रबार मात्रै निर्णय गर्ने भएको छ ।

सोमबबार बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकमा सरकारमा सामेल गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सबै शर्त मान्न र पुरानै मन्त्रालय दिन तयार रहेको जानकारी गराइएको छ ।

बैठकपछि रास्वपाका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले सभापति रवि लामिछानेले राखेका माग सम्बोधन गर्न प्रधानमन्त्री दाहाल तयार रहेको बताइएको जानकारी दिनुभयो ।

महामन्त्री ढकालले रास्वपाले प्रधानमन्त्रीले पुरानो मन्त्रालय दिन र नीति तथा कार्यक्रम पुनर्लेखनका लागि मञ्जुर रहेको हुनाले अहिले पार्टीले सरकारमा जाने या नजाने निर्णय गर्न मात्रै बाँकी रहेको बताउनुभयो ।

नीति तथा कार्यक्रम पुनर्लेखन नभए र पहिलेका मन्त्रालयहरु नपाए रास्वपा सरकारमा नजाने पनि उहाँले स्पष्ट पार्नुभयो ।

गत पुस १० मा भएको एमालेसहितको गठबन्धनमा रास्वपाले उपप्रधानमन्त्रीसहित तथा गृह मन्त्रालय, श्रम र शिक्षा मन्त्रालय पाएको थियो । स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्री पाएको थियो ।

रास्वपाले गृह, श्रम र शिक्षा मन्त्रालयका साथै नीति तथा कार्यक्रम पनि पुनर्लेखन हुनुपर्ने माग राखेको छ । यी दुई माग पूरा नभए सरकारमा सहभागी नहुने र यस विषयमा रास्वपाले आगामी शुक्रबार बस्ने केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले निर्णय लिने महामन्त्री ढकालले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.