संचारमाध्यमका हल्ला चिर्दै तीन सातापछि किम सार्वजनिक
विश्वभरका संचार माध्यमहरुको हल्ला र चर्चालाई गलत सावित गर्दै उत्तर कोरियाका नेता किम जोङ उन २० दिनपछि सार्वजनिक कार्यक्रममा उपस्थित हुनुभएको छ । कतिपय संचार माध्यमले नेता किमको निधन भएको वा गम्भीर बिरामी भएको बताउँदै आएका थिए ।
बाहिरी संसारबाट अलग उत्तर कोरियाका नेता किमको स्वास्थ्यबारे अनेक हल्ला फैलिरहेका बेला उत्तर कोरियाली केन्द्रीय समाचार एजेन्सी (केसीएनए)ले उनी सार्वजनिक कार्यक्रममा उपस्थित भएको जनाएको छ ।
केसीएनएका अनुसार किम राजधानी प्योङयाङ नजिकै पर्ने सनचेनस्थित एक मल कारखाना निर्माण सम्पन्न भएको अवसरमा आयोजित कार्यक्रममा शुक्रवार बहिनी किम यो जोङ र अन्य वरिष्ठ अधिकारीहरूसहित उपस्थित भएका हुनुभएको हो ।
अप्रिल ११ मा देखा परेका किम अप्रिल १५ मा आफ्ना हजुरबुबा तथा उत्तर कोरियाका संस्थापक किम इल सुङको जन्मदिनको वार्षिकोत्सव समारोहमा उपस्थित नभएपछि किमको स्वास्थ्यलाई लिएर विभिन्न अड्कल काटिदैं आइएको थियो ।