जन सरोकार

मदिरामा लट्ठ एसएसबीले हवाई फायर गरेपछि…

मोरङस्थित नेपाल–भारतको सीमाक्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसी)ले गोली प्रहार गरेका छन् । भारतीय सुरक्षाकर्मीले हवाई फायर गर्दा स्थानीयवा त्रसित भएका छन् । हवाई फायरबाट कुनै मानवीय क्षति भने भएको छैन ।

भारतीय एसएसबीको अर्को दादागिरी

समाचार अनुसार विराटनगर–१८ इस्लामपुर सीमा सुरक्षामा खटिएका भारतीय एसएसबी टोलीका एक जना जवानले तीन राउण्ड हवाई फायर गरेका हुन् ।

सोमबार २ बजे ड्युटीमा खटिएका जवानले दुई राउण्ड जमिनतर्फ र एक राउन्ड आकाशमा फायर गरेको विराटनगर १८ इस्लामपुरका स्थानीय सुरज मण्डलले जानकारी दिनुभयो ।

स्थानीयका अनुसार ड्युटीमा खटिएका एसएसबीका जवान मदिरा सेवन गरी लठ्ठिएको पाइएको थियो । ‘होहल्ला गरेपछि स्थानीयले एसएसबीको टोलीलाई घेराउ गरेका थिए ।

मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले दशगजा क्षेत्रमा गोली चलेको पुष्टि गर्दै भन्नुभयो- “गोली चलेको नेपालतिर होइन भारतीय क्षेत्रमा हो । के विषयमा गोली चलेको हो बुझ्ने काम गरिरहेका छौँ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.