क्रिकेटखेल

नेपाल र युएईबीचको बाँकी खेल आज, सोमबारकै स्थितिबाट खेल सुरु हुने 

एसिसी प्रिमियर लिग अन्तर्गत नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बीच भएको सोमबार रोकिएको फाइनल खेल आज हुँदैछ । आज सोमबारकै स्थितिबाट युएईले ब्याटिङ सुरु गर्नेछ ।

हिजोको खेल वर्षाले बिथोलिएपछि बाँकी खेल रिजर्भ डे मा गर्न लागिएको हो । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा आएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाई १०६ रन बनाएको अवस्थामा वर्षा सुरु भएको थियो ।

युएईका लागि आसिफ खानले ४६ रन बनाए भने आर्यान लाक्राले १३ रन जोडे । त्यस्तै कप्तम मुहम्मद वासिल११ रन बनाई आउट भए भने बासिल हमिदले १० रन जोड्नु बाहेक अन्यले दोशोरो अंक जोड्न सकेनन् ।

नेपालका लागि ललितनारायण राजवंशीले ३ विकेट लिए भने  करण केसी र सन्दीप लामिछानेले समान २-२ विकेट लिँदा गुलसन झा र सोमपाल कामीको भागमा समान १-१ विकेट रह्यो ।

नेपाल युएईलाई पराजित गरेर पहिलो पटक एसिया कप खेल्ने योजनाका साथ मैदान उत्रदैछ भने युएई पनि नेपाललाई हराउँदै चौथोपटक एसिया कपमा स्थान बनाउने सुरमा रहेको छ  ।

नेपाल र कुवेतबीचको पहिलो सेमिफाइनल खेल भारी वर्षाको कारण खेल रद्द भएपछि नेपाल समूह चरणमा गरेको प्रदर्शनको आधारमा फाइनलमा पुगेको हो भने दोसो सेमिफाइनल युएईले ओमानलाई डीएल मेथडमा दुई रनले पराजित गर्दै फाइनलमा नेपालसँगको भिडन्त पक्का गरेको हो ।

जारी प्रतियोगितामा नेपाल अपराजित रहेको छ भने पछिल्ला तीन खेलमा नेपालले यूएईलाई हराएको छ । एसिसी प्रिमियर कपको फाइनलमा स्थान बनाएसँगै युएई र नेपालले आगमी जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाएका छन् ।

 

 

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.