जापान

संकटकाल अर्को एक महिना बढाउने जापान सरकारको तयारी

जापानमा संकटकाल लगाएको एक महिना पूरा हुनै लाग्दा सरकारले पुनः एक महिना लम्ब्याउने भएको छ । प्रधानमन्त्री शिन्जो आबेले शुक्रबार कोरोना भाइरस संक्रमण फैलन रोक्ने उद्देश्यले अर्को एक महिना संकटकाल लागू गर्ने योजना रहेको बताउनुभएको हो ।

कोरोना भाइरस संक्रमण फैलन नदिन जापानभर संकटकाल लागू गरिएको छ र आउँदो बुधबार एक महिना पूरा हुनु अघि सोमबार यसबारे औपचारिक निर्णय लिइने बताइएको छ ।

एनएचकेको समाचार अनुसार संकटकालपछि कोरोना संक्रमितको दरमा कमी आएको भए पनि व्यक्तिव्यक्तिबीचको सम्पर्क ८० प्रतिशत कम गर्नु उद्देश्य रहेको छ । यसबीचमा विभिन्न उमेर समूहका व्यक्तिहरुको संक्रमणको दरमा पनि परिवर्तन आएको छ ।

समाचार अनुसार संकटकाल विस्तारको उद्देश्य संक्रमण कम गर्नु र अन्य क्षेत्रको स्वास्थ्य प्रणालीमा सुधारमा आधारित रहनेछ । त्यस्तै विज्ञहरुले धेरै जसो क्षेत्रलाई उच्च शतर्कता घोषणा गर्नु आवश्यक छ । अहिले राजधानी टोकियो सहित अन्य १२ प्रान्तलाई उच्च शतर्कता क्षेत्र घोषित गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.