अल्पमतमा परेर सम्झौता गरेको होइन, प्रधानमन्त्रीको राजीनामाको विषय बन्द भयो

एक दिन अघिसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने अडान राख्दैआउनुभएका नेकपाका नेताहरुले अब प्रधानमन्त्रीको राजीनामाको सन्दर्भ बन्द भएको टिप्पणी गर्न थालेका छन् । शनिबार साँझ सम्पन्न सचिवालय बैठकमा प्रधानमन्त्रीले आत्मालोचनाहित एक भएर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँसंगै पार्टी र सरकारका विषयमा अप्रिय धारणा राख्ने सबै नेताहरुले आत्मालोचना गर्ने निर्णय भएपछि प्रधानमन्त्रीको राजीनामाको जोडदार माग गर्ने नेताहरु अहिले बोली बन्द भएको छ ।
अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले आत्मालोचनासहित एक भएर अघि बढ्ने प्रतिबद्धता जनाएपछि प्रधानमन्त्रीको दावेदारका रुपमा प्रस्तुत गरिनुभएका माधवकुमार नेपालको धारणा बाहिर नआसकेका बेला अर्का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामाको विषय टुंगिएको बताउनु भएको छ ।
सचिवालय बैठकपछि बोल्दै उहाले सबै मिलेर जनताको पक्षमा काम गर्ने निर्णय भएको बताउँदै सचिवालय बैठकले सहमति गर्नुपूर्व देशव्यापी रुपमा नेकपाभित्र पैदा भएको तरंग सहमति र निर्णयसँगै समाप्त भएको जनाउनु भयो । उहाँले भन्नुभयो बैठकसँगै एकताको दिशामा अत्यन्तै सकारात्मक कदमको रुपमा सम्पन्न भएको छ । हामी सबै सिंगो पार्टीलाई एकताबद्ध बनाएर लैजान सहमत भएका छौं । अब स्थायी कमिटीमा जे निर्णय ल्याउँछ, त्यो साझा प्रतिवेदन ल्याउँछ ।
त्यसो त वरिष्ठ नेता खनालले आफूहरुले अल्पमतमा परेर सम्झौता भने नगरेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो विल्कुलै अल्पमतमा परेर सम्झौता गरेको होईन । दुवै पक्षले रियलाईजेशन गरेको हो । दुवै पक्षले सांसदहरुलाई हस्ताक्षर गर्ने अभियान चलाउन थालिसकेका थिए । सांसदहरुलाई हस्ताक्षर गर्ने अभियानमा पुगेका थियौं । हामीले जनताको कुरा सुन्यौं । यसले देशलाई नोक्शानीतर्फ लैजान्छ भन्ने सोचेर एकता भएर जानुको विकल्प छैन भन्ने अनुभुति गरेका हौं ।
प्रतिक्रिया राख्नुहोस्