जन सरोकार

कञ्चनपुरका तीन अवैध क्रसर उद्योग बन्द

सत्ता, शक्ति र मुक्काको बलमा प्राकृतिक स्रोत साधनको अवैध दोहन रोक्नै नसकिएका बेला कञ्चनपुरमा विभिन्न आयोजनाका नाममा लामो समयदेखि कञ्चनपुरमा सञ्चालनमा रहेका तीन क्रसर बन्द गरिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयका प्रमुख रामबहादुर कुरुवाङ्गले अख्तियारमा सोसम्बन्धी उजुरी परेपछि थप अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरलाई पत्राचार गरेको बताउनुभयो ।

“हामी कहाँ उजुरी परेपछि प्रमुख जिल्ला अधिकारी समक्ष्य उक्त विषय अगाडि बढाउन भनेका थियौँ ।” अख्तियार प्रमुख कुरुवाङ्गले भन्नुभयो, “जिल्ला अनुगमन समितिको निर्णयपछि तीन क्रसर बन्द गरिएका हुन् ।”

अख्तियारका अनुसार सोमबार बेदकोट नगरपालिकामा निर्माण सामग्री केन्द्र, दोधारा चादँनीमा रहेको बासुलिङ्ग कन्सट्रक्सन र कृष्णपुरमा रहेको गौरव बिल्र्डसले सञ्चालन गरेको गैरकानुनी रूपमा सञ्चालित क्रसर बन्द गरिएका हुन् ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले जिल्ला समन्वय समितिका संयोजकको अध्यक्षतामा रहेको जिल्ला अनुगमन समितिले स्थलगत अनुगमनपछि तीन वटा क्रसर बन्द गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

“सडक आयोजनाका नाम क्रसर राख्ने, बालुवा धुन भन्ने तर गिट्टी अरु प्रयोजनमा लग्ने गरेको पनि देखियो”, उहाँले भन्नुभयो, “आयोजनाका नाममा क्रसर राख्न पाउने प्रावधान रहे पनि दुरुपयोग भएको देखियो ।”

अनुगमन समितिले क्रसर राखिएका पालिका र आन्तरिक राजस्व कार्यालयलाई थप कारबाहीका लागि प्रक्रियाअघि बढाउन भनिएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.