राजनीति

एमाले सांसद कोइरी प्रतिनिधि सभा सदस्यबाट निलम्बित

सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्य लक्ष्मी महत्तो कोइरीलाई निलम्बन गरेको छ । सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमका अनुसार सभामुख देवराज घिमिरेले मंगलबार नेकपा (एमाले) का सांसद कोइरीलाई निलम्बन गर्नुभएको हो ।

प्रहरी प्रधान कार्यालयको यही वैशाख १७ गतेको पत्रबमोजिम प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २४८ को उपनियम ३ को व्यवस्थाबमोजिम सांसद कोइरी निलम्बनमा पर्नुभएको हो ।

कर्तव्य ज्यान मुद्दामा उच्च अदालत जनकपुरबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ बमोजिम थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने थियो । उच्च अदालतले २०७७ मङ्सिर १९ गते त्यस्तो आदेश दिएको भए पनि कोइरी थुनामा नबसी तारेख गुजारेर फरार रहेको पाइएको छ ।

महोत्तरी जिल्ला अदालत, जलेश्वरमा हालसम्म पनि हाजिर नगरी फरार रहेको प्रहरी प्रधान कार्यालयको पत्रमा उल्लेख भएबमोजिम सांसद कोइरीलाई आज सभामुखले निलम्बन गर्ने निर्णय गर्नुभएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.