राजनीति

कम्युनिस्ट एकता गरेर क्रान्तिको सपना पूरा गछौँ : संयोजक दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको सपना अझै पूरा नभएको बताउनुभएको छ ।

आइतबार रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१० खर्सुपानीमा आयोजित सहिद कामी बुढा स्मृति पार्क उद्घाटन कार्यक्रममा उहाँले सबै कम्युनिस्टहरू एकताबद्ध भएर क्रातिको सपना पूरा गरिने बताउनुभयो ।

“हामी समाजवादको यात्रामा अगाडि बढ्ने भनेर लागिरहेका छौँ, त्यसका लागि विभिन्न कम्युनिस्ट समूह एकताबद्ध भएर समाजवादको एउटा नयाँ यात्रा सुरु गर्न नेकपा बनाएका छौँ । अब बाँकी रहेका कम्युनिस्टलाई पनि एकताबद्ध गर्छौं”, संयोजक दाहालले भन्नुभयो ।

उहाँले पछिल्ला उपलब्धिलाई थप व्यवस्थित गर्न शान्ति सम्झौता र संविधानसभा पक्षधर सबै राजनीतिक दललाई मिलाएर अगाडि बढाइने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.