समाचार

अभावले निर्माण गरेको सातु उद्योग

आधुनिकतामा रमाइरहेको समाजलाई सातुको महत्व बुझाउन गाह्रो

सातु, केही दशकअघिसम्म बालबालिका, युवा, वृद्धवृद्धा सबैको प्रिय खाजा थियो । स्वास्थ्यका दष्टिकाणले पनि निकै राम्रो सातु आजभोलि पाउन मुस्किल पर्छ । आधुनिकतामा रमाइरहेको समाजलाई सातुको महत्व बुझाउन गाह्रो छ । ग्रामीण भेगमा प्रयोग हुने सातुलाई शहरी क्षेत्रका वासिन्दाले त्यति रुचाउँदैनन् । किनभने उनीहरु आधुनिकताका नाममा तयारी खानेकुरामा रमाउने गर्दछन् ।

तर, इलामको माइजोगमाई गाउँपालिकाका जीतेन्द्र अधिकारी अहिले सातु उद्योगबाट सन्तुष्ट छन् र यसलाई अरु विस्तार गर्ने योजनामा छन् । धेरै क्षेत्रमा हात हालेकाा उनलाई आफूले गरेको कामबाट सन्तुष्टि मिलेन । कहिले कता, कहिले कता । न काम गरेअनुसार कमाइ हुन्छ, न सन्तुष्टि । शुरुमा ठेक्कापट्टाको काम गर्नुभयो । कमाइ हुनु त कहाँ हो कहाँ, उल्टै खर्च । एउटा सीमित घेरामा बसेर काम गर्न जीतेन्द्रको चित्त बुझेन ।

केही समय युनिटी नामक संस्थामा काम गर्नुभयो । कमाइ राम्रै थियो । कमाएको रकमले खान पुगेकै थियो । परिवार पालिएकै थिए । श्रीमती लक्ष्मी पनि यनिटी संस्थाकै क्यान्टिनमा काम गर्नुहुन्थ्यो । अकस्मात युनिटी संस्था बन्द भएपछि जीतेन्द्रको परिवारलाई हातमुख जोर्ने समस्या फेरि बल्झियो । जीवनमा अनेक समस्या आए पनि जीतेन्द्रले त्यही समस्याभित्रैबाट उपाय रच्नु भयो ।

बालबालिकाहरूले विद्यालयहरूमा खाजा लाने वस्तुका बारेमा हरेक परिवारमा चिन्ता हुने गर्दथ्यो । विद्यार्थीले खाजाका नाममा बाबुआमासँग दिनहुँ रकम मागेको देख्नुहुन्थ्यो । जति पैसा दिएपनि उनीहरूको चित्त बुझ्दैन थियो । उहाँलाई लाग्थ्यो, “एकातिर पैसाको नाश, अर्कातिर तयारी खाजाले गर्दा स्वास्थ्यमा खराब ।” बजारका तयारी खानपानमा बालबच्चा झुम्मिएका देख्दा उहाँ चिन्तित हुनुहुन्थ्यो । यत्तिकैमा उहाँले सोच्नु भयो, विद्यार्थीका लागि केही अर्गानिक खाजा बनाउने । के बनाउने ? कसरी बनाउने ? अनेक प्रश्न उठे ।

यत्तिकैमा बाल्यकालमा औधी मन पर्ने सातुको सम्झना आयो । गाउँको सातु, त्यो पनि मकैको । उहाँले बालबच्चालाई खाजा पनि हुने, आफूलाई रोजगार पनि । अर्काको अफिसमा काम पनि गर्नु नपर्ने । एकातिरबाट स्वस्थवद्र्धक र अर्कातिर परम्परागत खानाको मोह ।

जीतेन्द्रले आफू मात्रैले यो कुरा गर्न चाहनु भएन । माइजू नाता पर्ने सेवी राईलाई पनि यसबारे कुरा राख्नुभयो । राईले पनि जीतेन्द्रको कुरालाई स्वीकार्नु भयो । जीतेन्द्र र सेवी मिलेर उद्योग खोल्ने निर्णयमा पुग्नुभयो । उद्योग खोल्ने कुरा सजिलो थिएन । न उद्योगको ज्ञान, न बजारको जानकारी, सबै कुरामा दुबै जना अनभिज्ञ थिए । तैपनि उहाँहरू यसैमा डटेर लाग्नुभयो ।

उहाँहरूले सातु उद्योग खोल्नुभयो । उद्योगमा मकै मात्र होइन गहुँ, कोदो, चना, भटमास, बदाम, जौ मिश्रित बनाउन थालियो । शुरुमा पाँच लाख रूपैयाँको लगानीमा व्यवसाय शुरु भयो । शुरुआतमा सातुले खासै बजार लिन सकेन । तैपनि हिम्मत हार्नुभएन, गरिरहनुभयो ।

तीन वर्षअघि उद्योग खोल्दा जीतेन्द्र र सेवीले अनेक भनाइ सुन्नुप¥यो । आधुनिकतामा रमाएको शहरी क्षेत्रमा सातु नौलो थियो । धेरैले प्रयोग गर्न चाहँदैन थिए । फाट्टफुट्ट इलाम बजारमा बिक्न थाल्यो ।

अहिले सुमीले घरायसी कारण उद्योगको काम छाडेपछि जीतेन्द्र आफैँले सबै काम गरिराख्नु भएको छ । खाद्यवस्तु मात्र होइन, जडीबुटीजन्य वस्तु मिसेर सातु बनाइन्छ । जीतेन्द्रको उद्योगमा पाँचथरबाट मकै, तराईबाट गहुँ, इलामको चमैताबाट जौ ल्याएर त्यसलाई पिसी सातु बनाउने गरिन्छ ।

उद्योगमा एकै किसिमको होइन, फरकफरक तबरको सातु बनाउने गरिन्छ । कुनै कोदोको पिठो मिश्रित, कुनै मधुमेहको बिरामीले खान मिल्ने ‘सुगर फ्री’ सातु । जीतेन्द्र भन्नुहुन्छ, ‘‘स्वास्थ्यवद्र्धक सामग्री मात्र बेच्छु । जडीबुटीजन्य पदार्थ बढी प्रयोग गर्छु ।’’ आडिलो र पौष्टिक तत्व भएको खाद्यवस्तु भएकाले पछिल्लो समय धेरै माग हुने गरेको उहाँको भनाइ छ ।

अहिले उद्योगमा जीतेन्द्रले अर्का एक जनालाई पनि रोजगारी दिनुभएको छ । शनिबार, शुक्रबार श्रीमती र छोरीहरूले पनि सहयोग गर्छन् । पारिवारिक सहकार्यमै उद्योग चलेको छ । उद्योगको काम झन्झटिलो छ तर जीतेन्द्र झन्झटिलो मान्नु हुन्न । परिश्रमले काम गरेर खानुपर्छ भन्ने बुझेका जीतेन्द्र निरन्तर खटेर सातु बनाउनुहुन्छ । सबै खाद्यवस्तु मेसिनमा हाल्नु अघि भुट्नु पर्छ । भुट्नका लागि आधुनिक सामग्री छैनन् । पराम्परागत होल्र्याङ्गे (मकै भुट्ने विशेष किसिमको टिनबाट बनाइएको सामग्री) प्रयोग गर्नुपर्छ ।

हुन त जीतेन्द्रले होल्र्याङ्गेको विकल्प नखोज्नुभएको पनि होइन । आधुनिक होल्र्याङ्गे किन्न भारतसम्म पनि पुग्नुभयो । धेरै मूल्य पर्ने भएकाले अहिले पुरानै तरिकाबाट भुट्नु गरिएको छ । जीतेन्द्र बिहानभर परिवारको सहयोगमा होल्र्याङ्गेमा मकै भुट्नुहुन्छ । दिउँसो सातु बनाउनुहुन्छ । सातु बनाएपछि परिवारकै सहयोगमा प्याकेजिङ गरेर मात्र बजार पु¥याउन योग्य हुन्छ ।

जीतेन्द्रको बसाइ इलाम नगरपालिका¬७ धोवीधारामा छ भने उद्योग नगरपालिका¬८ मा रहेको छ । उद्योगबाट मासिक रु २० हजार हाराहारीमा नाफा हुने गरेको उहाँ बताउनुहुन्छ । ‘‘मुनाफा धेरै नभएपनि आफैँ मालिक, आफैँ श्रमिक भएर काम गर्दाको आनन्द नै ठूलो छ’’, उहाँ भन्नुहुन्छ । उद्योगका लागि मासिक रु दुई हजार घर भाडा बुझाउनुपर्छ ।

उहाँको उद्योगबाट ७०० ग्राम र ५०० ग्रामका सातुका प्याकेट उत्पादन गरिएको छ । ७०० ग्रामलाई रु २५० र ५०० ग्रामलाई रु २०० पर्छ । चिनीरहित सातु खानेलाई जडीबुटीजन्य सातु पनि पाइन्छ । यसमा जीतेन्द्रले विभिन्न जडीबुटी मिसाइएको हुन्छ ।

विस्तारै सदरमुकामलगायत फिक्कल बजार, झापाको धुलाबारी बजारसम्म सातु पुग्न थालेको छ । अहिले उद्योगको बजारसँगै लगानी पनि बढेको छ । झण्डै रु १० लाख लगानी पुगेको उहाँ बताउनुहुन्छ । भविष्यमा आफ्नो व्यवसायले विस्तारै बजार पाउनेमा उहाँ विस्वस्त हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button