जन सरोकार

एसएसबीले नेपाली कुटेपछि बारामा नेपाली र भारतीयबीच झडप केही नेपाली घाइते

भारतीय एसएसबीको अर्को दादागिरी

भारतीय एसएसबीको अर्को दादागिरी

नेपाल र भारत दुबैतिर कोरोनाा भाइरस संक्रमण रोक्न लकडाउन गरिएका बेला बाराको बिश्रामपुर गाउँपालिका वडा नं ४ बलिरामपुरमा नेपाली र भारतीयबीच झडप भएको छ । बिहान भएको झडपमा केही नेपाली घाइते भएका छन् ।

समाचार अनुसार सीमा क्षेत्रमा स्थानीय छोटेलाल साहको १५ कठ्ठा खेत छ र पानी परिरहेकाले खेत जोत्नका लागि योग्य छ कि छैन भनी उनी हेर्न गएका बेला खेतमै रहेको अवस्थामा भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी)का जवानले कुटपीट गरेपछि स्थिति तनावपूर्ण बनेको थियो ।

खेतको बीच भागमा पुगेका साहलाई एसएसबीले आएर समातेर सीमामा हिँड् भन्दै दुईचार लट्ठी हानेपछि उनी एसएसबीले ज्यादती गरेको भन्दै गाउँलेसँग गुहार मागेका थिए । त्यसपछि स्थानीय प्रतिकारमा उत्रिएका थिए ।

एसएसबीविरुद्ध नेपालीहरु जाइलागेपछि भारतीय पनि लाठी भाटा लिएर आएपछि स्थिति तनावपूर्ण बनेको थियो । पछि दुवै तर्फका सुरक्षाकर्मीले स्थानीयलाई सम्झाइबुझाइ गरेर स्थिति सामान्य पारेका थिए ।

झडपमा अशोक कुमार साह, कमलेश शर्मा, हिरालाल शर्मा, दीपक शर्मा, छोटेलाल साह, मदन साह लगायत घाइते छन् । अशोकको टाउकोमा चोट लागेको छ । अन्यको अवस्था सामान्य छ ।

बाराका सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदीले लकडाउनका कारण दुवैतर्फका मानिसहरु तनावमा रहेकोले सामान्य विवाद भएको बताउँदै अहिले स्थिति सामान्य भइसकेको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.