राजनीति
विप्लव समूहका नेता अनिल शर्मा अस्पतालभित्र प्रहरी नियन्त्रणमा
देशभर लकडाउन भैरहेका बेला सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता अनिल शर्मा विरहीलाई प्रहरीले पक्राउ नियन्त्रणमा लिएको छ । विप्लव समूहको प्रकाशन विभाग प्रमुख शर्मालाई प्रहरीले चितवनको पुरानो मेडिकल कलेजमा उपचार गराइरहेका बेला पक्राउ गरेको हो ।
समाचार अनुसार नेता शर्मा चितवनको रत्ननगर वडा नं ५ मा रहेको घरको भर्याङबाट लडेपछि परिवारका सदस्यहरुले पुरानो मेडिकल कलेज पुर्याएका थिए ।
शर्मा अस्पतालमा पुगेको सूचना पाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । अस्पतालमाा सादा पोशाकमा आएका ५ जना प्रहरी शर्मासँग रहेको पारिवारिक स्रोतले जनाएको छ ।
चितवनका प्रहरी प्रमुख एसपी नान्तिराज गुरुङले विप्लव समूहका एक नेता पक्राउ गरेको पुष्टि गपनि नाम भने लिनुभएन ।