समाचार

स्वास्थ्यसेवाबाट अवकाश लिएकालाई तयार रहन प्रधानसेनापति थापाको निर्देशन

नेपाली सेना मुलुकमा बढिरहेको कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रणका लागि सेनाको स्वास्थ्य सेवाबाट अवकाशप्राप्त स्वास्थ्यकर्मीलाई राष्ट्रलाई आवश्यक परेका बखत सेवामा पुनः आउन सक्ने गरी तयारी हालतमा रहन निर्देशन दिएको छ ।

कोरोना संक्रमण रोकथामका लागि विभिन्न योजनाका साथ आवश्यक तयारीका क्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाका अध्यक्षतामा बसेको विशेष बैठकले वि.सं. २०७२ पछि सेनाको स्वास्थ्य सेवाबाट उक्त अवधिमा अवकाश हुनेलाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार अवकाश पाउने स्वास्थ्य कर्मीको संख्या ३२० हाराहारी छ । सेनामा उपरथी दर्जाका नेतृत्वमा रहेको स्वास्थ्य निर्देशनालय छ । हाल सेनाको स्वास्थ्य सेवा विभागमा दुई हजारभन्दा बढी जनशक्ति कार्यरत रहेको जनाइएको छ ।

सेनाको हाल बाहिनी मातहतका १६ फिल्ड एम्बुलेन्स अस्पताल, इटहरी, पोखरा र नेपालगञ्जमा क्षेत्रिय अस्पताल तथा धनगढी र बर्दिबासमा सेटलाइट अस्पताल सञ्चालनमा छन् ।

काठमाडौँको छाउनीस्थित वीरेन्द्र अस्पताल र महाङ्कालमा त्रिचन्द्र मिलिटरी अस्पतालले समेत दुर्घटना तथा अन्य आपत्कालीन अवस्थामा सर्वसाधारणलाई मानवीयरुपमा स्वास्थ्योपचार सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.