जन सरोकार

नेपाली र भारतीय सेनाको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली र भारतीय सेनाबीचको परम्परागत विशिष्ट सम्बन्ध एवं आपसी सहयोग नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

भारतीय सेनाको स्थलसेनाध्यक्षमा जनरल मनोज पाण्डे नियुक्त हुनुभएकामा उहाँप्रति हार्दिक बधाई ज्ञापन गर्दै प्रधानसेनापति शर्माले दुई देशका सेनाबीचको सहयोगात्मक सम्बन्ध उहाँको कार्यकालमा नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभएको हो ।

प्रधानसेनापति शर्माले भारतीय स्थलसेनाध्यक्षलाई नेपाल भ्रमणका निम्ति गर्नुभएको आमन्त्रण स्वीकार गर्दै उहाँले आपसी समन्वय गरी उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताउनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.