राजनीति

भोलि मिलेर सरकार बनाउनु छ भने स्थानीय चुनावमा किन नमिल्ने ?

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पौडेलले संघीय संसदको निर्वाचनमा कसैको पनि बहुमत नआउने भएकाले भोलि अहिलेकै गठबन्धन मिलेर सरकार बनाउनु छ भने स्थानीय चुनावमा किन नमिल्ने भन्दै प्रश्न गर्नुभएको छ ।

चितवनको भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई अस्थिरतातिर लैजान खोजेकाले गठबन्धन गर्नु परेको र आफूहरुको प्रतिस्पर्धी प्रचण्ड नभई केपी शर्मा ओली भएको पनि बताउनुभयो ।

सभालाई सम्बोधन गर्दै पौडेले संघीय संसद र प्रदेशसभाको निर्वाचनमा कुनै एउटा दलको बहुमत नआउने र गठबन्धन सरकार बनाउनुपर्ने भएकाले माओवादी केन्द्रसँग सहकार्य गर्नु परिस्थितिको उपज भएको दावा गर्नुभयो ।

सम्बोधनका क्रममा उहाँले भरतपुर महानगरपालिका प्रमुखमा बागी उम्मेद्वार जगन्नाथ पौडेल लगायतका नेताहरुलाई भेटेको जानकारी दिंदै उहाँ हाँहरुले धर्यता राख्न नसकेको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.