राजनीति

अध्यक्ष प्रचण्डको चेतावनी- “भरतपुरमा गठबन्धनले चुनाव हारे देश दुर्घटनामा जानसक्छ”

सत्ता गठबन्धनको एक प्रमुख दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–माओवादी गठबन्धनलाई अस्वीकार गरे देश दुर्घटनामा जाने बताउनुभएको छ ।

बिहीबार भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भरतपुरमा माओवादी हारे देश नै दुर्घटनामा जाने चेतावनी दिनुभएको हो ।

त्यस क्रममा उहाँले यदि भरतपुर महानगरपालिका प्रमुखमा रेनु दाहाल र उपप्रमुखमा चित्रसेन अधिकारीको टिमलाई अनुमोदन गरे गठबन्धनलाई १०-२० वर्ष नै कायम राख्ने समेत बताउनुभयो ।

भरतपुर लगायत गठबन्धन भएका धेरै पालिकाहरुमा कांगेसका स्थानीय नेताहरुले हसिया हथौडामा भोट हालिंदैन भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ भन्नुभएको हो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो तपाईहरुले अहिले पनि यो गठबन्धन राष्ट्रको आवश्यकता हो, गणतन्त्र र लोकतन्त्रको आवश्यकता हो, देशको विकास र समृद्धिको आवश्यक हो भन्ने नबुझेर त्यस्तो गर्नुभयो भने दुर्घटना हुनसक्छ ।

तर यो राष्ट्रको आवश्यकता हो, जनताको आवश्यकता हो, विकास र समृद्धिको आवश्यक हो भोट हालेर यो टिमलाई विजयी गराउनुभयो यो गठबन्धनलाई १०-१५-२० वर्ष लैजाने मेरो प्रतिवद्धता हुने पनि प्रचण्डले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.