एन आर एन न्युजजापान

एनआरएनए जापानको सदस्यता आव्हानको म्याद थप

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको सदस्यता लिने अवधि थप गरिएको छ । एनआरएनए जापानले एक सूचना जारी गरी यही मे १० तारिखसम्म सदस्यता आवेदन दिन सकिने बताएको छ ।

एनआरएनए प्रवक्ता सुभास लामिछानेद्वारा जारी विज्ञप्ति अनुसार २०२३ फेब्रुअरी १६ देखि मे ५, २०२३ सम्म सदस्यता आव्हान गरिएकोमा सो अवधि मे १० सम्म थप गरिएको छ ।

जापानमा पछिल्लो तीन दिन गोल्डेन विकको बिदा परेकाले सदस्ताा लिन चाहनेहरुलाई असुविधा पर्न गएको भन्दै मे १० तारिख सम्म सदस्यताको अवधि थप गरिएको हो ।

सूचनामा सदस्यता आवेदन दिएर संस्थाले तोकेको मापदण्ड आवश्यक सामग्री अपुग भएका आवेदकहरुलाई मेल र एप्समा पनि जानकारी पठाइएकाले उनीहरुले मे २० तारिखसम्म आवश्यक प्रक्रिया पूरा गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.