जन सरोकार

मन्त्रालयले स्वीकृति नदिए पनि महानगरले अव्यवस्थित तार हटाउने

काठमाडौं महानगरपालिकाभित्र एउटै खम्बामा अनेकथरि तार गुजुल्टिएर राख्ने गरिएको छ । यसले आगलागी जस्ता घटना बढिरहेको छ । गत वर्षमात्रै तारकै कारण ५३ ठाउँमा आगलागी भएको छ ।

यसलाई व्यवसस्थित गर्न काठमाडौं महानगरपालिकाले १५ दिने सूचना जारी गरी महानगरले सूचना जारी गरेपछि बैशाख १२ गते सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठायो । तर, तार व्यवस्थापन गर्दा इन्टरनेट लगायत सेवा अवरुद्ध हुन सक्ने कारण देखाएर यस्तो कार्य नगर्न आदेश दिइयो ।

मन्त्रालयबाट यस्तो आदेश आएपछि महानगरप्रमुख बालेन साह आक्रोशित हुनुभएको छ । उहाँले शुक्रबार ट्वीट गर्दै शहरी व्यवस्थापनसँग सम्बन्धित यस अघिका समस्यालाई यथावत राखेर व्यवस्थित र सुन्दर महानगर प्राप्त नहुने भएकोले आफ्नो क्षेत्राधिकारभित्रको काम गर्ने र यसबाट कतिपय अवस्थामा तत्कालका लागि कसैलाई असुविधा पुगे पनि आम नगरबासीले साथ दिनु हुनेछ भन्ने अपेक्षा राख्दै तार हटाउने कार्यको थालनी गर्ने संकेत दिनुभएको छ ।

महानगरले तार हटाउने पत्र पठाएपछि मन्त्रालयले नेपाल टेलिकमबाट प्राप्त पत्रलाई उधृत गर्दै स्थानीय तहले सहरी सौन्दर्य कायम गराउने भनी दूर सञ्चार सेवा सञ्चालनका लागि सेवा प्रदायक कम्पनीले विस्तार गरेको केवल नेटवर्क अन्धाधुन्ध काटिदिने क्रम बढेकोले यस कार्यले टेलिफोन, इन्टरनेटलगायत सेवाहरु अवरुद्ध भइ सेवाबाट बञ्चित हुनु परेको अवस्था रहेको जनाएको छ ।

त्यसै गरी केवल नेटवर्कहरु अन्धाधुन्ध काट्दा ठूलो परिणाममा केवल नेटवर्क विदेशबाट आयात गर्नुपर्ने भइ अनावश्यक रुपमा खर्च बढ्नुका साथै अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न जाने समेत बताइएको छ ।

महानगरका अनुसार दूरसञ्चार प्राधिकरणका अनुसार पोलमा देखिएका तारमध्ये करिब ७० प्रतिशत तार अनावश्यक हुन् । टाँङ्दै जाँदा उब्रिएको तार पोलमा गुजुल्टो पारेर राख्ने गरिएको छ । यसले पोलले क्षमताभन्दा धेरै भार बोकिरहेका छन् ।

यसर्थ तार हटाउन नगर प्रहरी उपरीक्षकको नेतृत्वमा नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, नेपाल प्रहरी, एनसेल, इन्टरनेट सर्भिस प्रोभाइडर एशोसिएसन नेपालका प्रतिनिधि रहने टोली गठन गर्ने महानगरको योजना छ ।

त्यस्तै तार हटाउने कामको अनुगमन महानगरकी उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा सरोकारवाला कार्यालय तथा संस्थाका प्रतिनिधि रहने समितिले गर्ने बताइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.